मार्तडी – लगातारको दुई दिनको अविरल वर्षासँगै अवरुद्ध बनेको साफे–मार्तडी राजमार्ग शुक्रबारबाट खुलेको छ । लगातार वर्षा भएपछि बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको हो ।


ADVERTISEMENT


बार्जुगाड हुँदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडालगायतका ठाउँमा माथिबाट पहिरो आएपछि यातायात सडक अवरुद्ध भएको हो । बिहीबार बिहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो दूरीका बस बाम्का बजारभन्दा माथि आउन सकेका थिएनन् ।


ADVERTISEMENT

# # #


सडक सञ्चालनमा आए पनि राजमार्ग सडकका विभिन्न ठाउँमा पहिरो जाने क्रम भने रोकिएको छैन, प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानले बताएका छन् ।

अवरुद्ध बनेको राजमार्ग सडक सञ्चालन गर्नका लागि सडक डिभिजन कार्यालय साँफेलाई खबर गरी कार्यालयबाट जेसिजी पठाएपछि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभएको छ ।

साँफे–मार्तडी राजमार्ग सडक अछामका जिल्लाका बुढाबगरलगायतका ठाउँमा पनि पहिरो गएकाले पहिरो पन्छ्याउँदै आएपछि सडक खुलेको हो ।

मार्तडी–कोल्टी सडक भने खुलेन

जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक एक सातादेखि वर्षात्ले अवरुद्ध भएको छ । लगातारको वर्षका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–घटमुना सडकसमेत अवरुद्ध बनेको हो । यस्तै ग्रामीण भेगमा काटिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् ।

मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा उत्तरी भेगका स्थानीयले सास्ती भोग्दै आएका छन् । बाटो अप्ठ्यारो भएकाले आवतजावत गर्न निकै कठिन हुने गरेको यात्रुको गुनासो रहेको छ ।

सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीयले वर्षायाममा पैदलयात्रा गर्न बाध्य हुने गरेका छन् । जथाभावीरुपमा खनिएका सडकले जिल्लामा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

प्राविधिक रुपमा चेकजाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सडक भएपछि लामो तथा छोटो दूरीका सवारीका साधन बन्द भएका छन् । रासस