काठमाडौं – काठमाडौंको मूलपानीमा घरको पर्खाल भत्केर पुरिँदा ३ जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण घरको पर्खाल भत्किएपछि एकै परिवारका २ महिलासहित एक बालक को मृत्यु भएको हो ।


ADVERTISEMENT


मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका थिए ।


ADVERTISEMENT

# # #


चन्दका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा उनीहरुको मृत्यु भएको हो ।