काठमाडौं । काठमाडौँ ईन्जिनियरिङ कलेज कालिमाटीका स्ववीयु सभापति पूर्णसिँह खड्का लगायत अनेराश्ववीयुका बिधार्थी नेताहरु माथि साँघातिक आक्रमण भएको छ । उनीहरुको टाउको, छाती, ढाड, खुट्टामा चोट लागेको अखिलले बताएको छ ।


ADVERTISEMENT


अनेराश्ववीयुले बिहिबार साँझ भएको आक्रमणको आरोप नेबिसंघमाथि लगाएको छ । आक्रमणमा सचिवालय सदस्य नारायण घर्ति, मोती बिक लगायत आफ्ना सयौँ नेता कार्यकर्ता घाईते भएको भन्दै उनीहरुलाई सहिद मोमोरियल अस्पताल कालिमाटीमा राखिएको अनेराश्ववीयुले बताएको छ ।


ADVERTISEMENT

# # #


आक्रमणमा परी तोडफोड भएको स्ववीयु कार्यालय र कलेजलाई प्रहरीले घेरा हालिरहेको बताईएको छ ।

घटनाको घोर निन्दा गर्दै दोषी माथि कारबाही, क्षतिपूर्ती र आफ्ना नेता कार्यकर्ताहरुको उपचारका लागि अनेराश्ववीयु अध्यक्ष नबिना लामाले आक्रोस सहित जोडदार माग गरेकी छन्।

‘अमानवीय शैलीमा हाम्रा साथीहरु माथि आक्रमण भएको छ’ लामाले हिमालय पोष्टसंग भनिन् ‘दोषीलाई तत्काल कारबाही गरी कानूनी कठघरामा उभ्याउन जोडदार माग गर्दछु ।’

दोषी उपर तत्काल कारबाही नभए अनेराश्ववीयु आन्दोलनमा उत्रने समेत उनको चेतावनी छ ।

‘नेबिसंघका पनि चुल्ठे मुन्द्रेहरुले यो आक्रमण गरेका छन्’ लामाले भनिन् ‘तत्काल कारबाहीका लागि सम्बन्धित निकाय समक्ष माग गर्दछु, अन्यथा भोलि कलेज र नेपाल नै बन्द गरेर आन्दोलनमा उत्रन्छौँ ।’

यसअघि नेबिसंघले जितिरहेको कलेजलाई १० बर्षपछि अनेराश्ववीयुले जितेको हो ।

यो बिषयमा बुझ्न सो क्याम्पसका नेबिसंघ नेताहरुलाई फोन गर्दा सम्पर्क हुन सकेन ।