काठमाडौँ – इङ्ल्याण्डमा जारी क्रिकेट विश्वकपको फाइनलमा न्यूजिल्याण्डले आयोजक इङल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ । लण्डनको लर्र्डस मैदानमा पहिलो पटक उपाधी उचाल्ने लक्ष्यका साथ न्यूजिल्याण्ड ब्याटिङमा उत्रिएको हो ।


ADVERTISEMENT


यस्तै २७ वर्षपछि विश्वकपको फाइनल पुगेको आयोजक इङ्ल्याण्डलाई विश्वकप ट्रफी घरमै राख्ने चुनौति रहेको छ । न्युजिल्यान्ड र इङ्ल्यान्डले हालसम्म एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छ्रैनन् । दुबै टोली आजको खेमला जित निकाल्दै एकदिवसीय विश्वकप क्रिकेटको नयाँ इतिहास रच्ने दाउमा रहेका छन् ।


ADVERTISEMENT

# # #


इङ्गल्याण्ड अष्ट्रेलियालाई सेमिफाइनलमा हराउँदै फाइनल पुगेको हो भने न्यूजिल्याण्डले उपाधी दाबेदार मानिएको भारतलाई १८ रनले पाखा लगाउूँदै लगातार दोस्रो पटक फाइन्ल पुगेको हो ।

यस्तो छ अन्तिम ११

न्यूजिल्याण्ड : केन विलियम्सन (कप्तान), हेन्री निकोलस, मार्टिन गप्टिल, रस टेलर, जेम्स निसम, टोम लाथम(विकेटकिपर), कोलिन डी ग्राण्डिहोम, मिचेल स्नाटर, म्याट हेन्री, ट्रेन्ट बोल्ड र लुके फ्रग्सन ।

इङ्ल्याण्ड : इओइन मोर्गान (कप्तान), जासन रोय, जोन्नी बियरेस्टो, जोय रुट, बेन स्टोक्स, जस बटलर(विकेटकिपर), क्रिस ओयक्स, लियाम पुलंकित, जोफ्रा आर्चर, आदिल रसिद र मार्क उड ।