जनकपुर – बुधबारदेखि परेको अविरल वर्षाको कारण जनकपुर–जयनगर रेल्वेको लिक टुटेको छ ।


ADVERTISEMENT


धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवामा रहेको रेल्वे लिकमाथि ५ फिटसम्म पानी जमेपछि सो रेल्वे लिक टुटेको जनाइएको हो ।


ADVERTISEMENT

# # #


रेल्वेको करिब ६० देखि ७० मिटर सम्मको लिक टुटेको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोद प्रसाद ओझाले जानकारी दिए । उनका अनुसार सो स्थानमा अहिलेसम्म पनि पानी जमेको छ ।

जनकनन्दनी गाउँपालिकामा करिब २ हजार घर परिवार विस्थापित भएका छन् ।