काठमाडौँ – कामना सेवा विकास बैंकले कास्कीको पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा आज असार २९ गते आफ्नो ९४औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी ,संचालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुरु गरेका छन् ।


ADVERTISEMENT


बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ९४ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।