काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालयमा पत्रकारहरुलाई भिडियो खिच्न रोक लगाएका छन् ।


ADVERTISEMENT


मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरूद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापनपत्र बुझाउन गएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नुवाकोटको ज्ञापनपत्र बुझ्नेक्रममा सञ्चारकर्मीलाई भिडियो खिच्न रोक लगाएका हुन् ।


ADVERTISEMENT

# # #


आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश गर्ने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराए।

आक्रामक शैलीमा मन्त्रीले भने, ‘क्यामेराहरु बन्द गर्नुहोस् । फोटो लिनुस्, भिडियो लिन मिल्दैन ।’   मिडियालाई भिडियो खिच्न रोक लगाइरहँदा मन्त्री महासेठले त्यसको कारण भने खुलाएनन् ।

कानुन मार्फत मिडियालाई अंकुश लगाउन लागेको भन्दै सरकारको आलोचना भइरहेका बेला मन्त्रीको व्यवहारले थपेका छन् ।