काठमाडौँ – महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।


ADVERTISEMENT


बैँकको सुकेधारा शाखाले शनिबार मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको सो शिविर सुकेधारा चोकमा आयोजना गरेको थियो ।


ADVERTISEMENT

# # #


शिविरमा करिब तीनसय जनाले निःशुल्क स्वास्थ्य जाँच गराएको उक्त शिविरमा निशुल्क आवश्यक औषधी समेत उपलब्ध गराएको थियो ।

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्घता जनाएको छ ।