काठमाडौँ – अविरल वर्षाका कारण मकवानपुरस्थित देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ ।


ADVERTISEMENT


सरोबरमा पानी भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने बताइएको थियो । त्यसका लागि तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ । तर, बिहान पानी भरिएपनि दिउँसो भने पानीको बहाव घटिरहेकाले अब ड्यामको ढोका खोलिने छैन । अहिले टर्वाइनबाटै पानीको बहाव घटाउने प्रयास भइरहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।


ADVERTISEMENT

# # #


केन्द्रले ट्वीट गर्दै भनेको छ, ‘कुलेखानी सरोबरमा विहान पानी बढ्ने क्रम बढी रहेकोमा अहिले बढ्ने दर घटेको हुँदा टर्वाइनवाट नै नियन्त्रित निकास भइरहेको छ ।’ यस्तै बाँध खोल्नुपर्ने अवस्था आएमा समयमा नै एसएमएस समेतबाट सम्भावित प्रभाव क्षेत्रमा जानकारी गराइँने केन्द्रले जनाएको छ ।

अहिले पानीको सतह १५२६.१८/१५३० रहेको छ । बिहान सरोवरमा २५.४/३० मिटर पानी भरिएको थियो ।

कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर रहेको छ । बिहान ६ बजेसम्ममा एक हजार ५२५ दशमलव चार घनमिटर पानी भरिइसकेको छ ।

समुद्री सतहबाट ११४ मिटर उचाइमा ड्याम रहेको छ । तीन सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइको जलाशयमा एक हजार ५३० घनमिटर पानी अट्ने क्षमता छ । ड्याम ३७ वर्षअघि निर्माण गरिएको हो ।