काठमाडौँ– निकै रोमाञ्चक खेलमा आइतबार भएको क्रिकेट विश्वपको फाइनलमा उपाधी आयोजक इङ्गल्याण्डले नै कब्जा गर्यो । दुई पटक स्कोर बराबर भएपछि इङ्ल्याण्डले बढी बाउन्ड्री लगाएको हैसियतमा पहिलो पटक विश्वकप उपाधी उचाल्यो ।


ADVERTISEMENT


न्यूजिल्याण्डका मार्टिन गप्टिलको थ्रोले खेलको नतिजा नै बद्ल्यो । २४२ रनको चुनौति पच्छ्याइरहेको इङ्ल्याण्डलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो । स्ट्राइकमा बेन स्टोक्स थिए । बलिङमा आए ट्रेन्ट बोल्ट । उनले पहिलो र दोस्रो बल डट फाले । तेस्रो बलमा स्टोक्सले बोल्टलाई छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


अब इङ्गल्याण्डलाई जितका लागि ३ बलमा ९ रन चाहिएको थियो । चौथो बलमा स्टोक्सले बल मिड विकेट तर्फ हिर्काए । उनी एक रन लिएर दोस्रो रनका लागि दौडिए । त्यतिबेलासम्म गप्टिलले बल समातिसकेका थिए । उनले ‘डाइरेक्ट हिट’मार्फत स्टोक्सलाई रनआउट गर्नका लागि बल विकेट तर्फ फाले । तर बल दोस्रो रन पूरा गर्नकालागि को ब्याट मैदानमा घिसारिरहेका स्टोक्सको ब्याटमा लागेर बाउन्ड्री छोयो ।

चार रन अतिरिक्तसंगै उक्त ओभरमा ६ रन आयो । स्टोक्सले माफी मागेर हात उठाए । यही अतिरिक्त रनका कारण इङ्गल्याण्डले स्कोर बराबरी गर्नसक्यो र सुपर ओभर पनि बराबरी भएपछि बाउन्डीका आधारमा विश्वकप जित्यो ।

विश्वकप जितेपछि स्टोक्सले उक्त रन आफ्नो जीवनभर पश्चातापको विषय हुने बताएका छन् । ‘खेल यति रोमाञ्चक बन्यो कि मसंग यसलाई वर्णन गर्ने कुनै शब्द नै छैन । तर, अन्तिम ओभरमा ब्याटमा लागेर बल जसरी गयो, त्यसका लागि केन विलियम्सनसंग माफी मागेको थिएँ ।’ स्टोक्सले भने, ‘म यस्तो गर्न थाहन्नथेँ, त्यसकारण यसका लागि म जीवनभर माफी मागिरहनेछु ।’