काठमाडौँ – अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ सोमबार दिउँसोसम्म ६७ पुगेको छ ।
मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन् । यस्तै ३२ जना अझै बेपत्ता रहेको छन् ।


ADVERTISEMENT


बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४–४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३–३ जना रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २–२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी रहेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै १४४५ जनालाई उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी कार्यालयले जनाएको छ । बाढी र पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३र३ जना, महोत्तरी र मकवानपुरमा २र२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १र१ जना गरी ३२ जना वेपत्ता भएका छन् ।

यस्तै ३९ जना घाइते भएका छन् ।