काठमाडौं – आइएमई जनरल इन्स्योरेन्सको २१औंवार्षिक साधारण सभा सम्पन्न भएको छ ।


ADVERTISEMENT


अध्यक्ष हेम राज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने उनले बताए ।


ADVERTISEMENT

# # #


शेयर धनीलाई स्वागत गर्दै अध्यक्ष ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ वर्षदेखि देशभरका शाखाहरुमार्फत विविभन्न किसिमका बीमा सेवासम्बन्धी सेवा दिइरहेको बताए ।

बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँ नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु ल्याउने कम्पनीको लक्ष्य रहेको उनले बताए ।

यस्तै कम्पनीले आफना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशतले बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख पुगेको छ । नियामक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका जारी भए त्यसको सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने गरी २१र्औ साधारण सभाले अख्तियारी संचालक समितिलाई प्रदान गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ७७ लाख बीमा शुल्क आर्जन गरी गरी १५ करोड ९८ लाख खुद नाफा आर्जन गर्न सफल भएकोमा चालु आर्थिक वर्षको हालसम्म गरिब १ अर्ब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।