काठमाडौँ – एनआईसी एशिया बैंकले गोरखाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा शाखारशित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखारहित बैकिङ्ग सेवाको वडा अध्यक्ष राम प्रसाद रेग्मीले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन। उक्त सेवाबाट विभिन्न किसिमका भुक्तानी गर्न सकिने छन् ।

बैंकले मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।