काठमाडौँ – अविरल वर्षाका कारण बाढी आएपछि १५ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग क्षतिग्रस्त बनेको छ । ।


ADVERTISEMENT


चिनियाँ कम्पनी ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट (हुवान) कम्पनी लिमिटेडको लगानीमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मा निर्माणाधीन उद्योगमा बाढी पसेको हो ।


ADVERTISEMENT

# # #


उद्योगमा कार्यरत ५ जना मजदुरसमेत बाढीमा फसेका थिए । धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार अहिले सबैको उद्दार भइसकेको छ । बाढीले स्टोर रुममा क्षती पुयाएको छ भने तीन वटा जीप र दुईवटा स्काभेटर बगाएको कम्पनीका सूचना अधिकार तुलसीजंग थापाले जानकारी दिए ।

चारमहिना अघिदेखि निर्माण थालिएको उक्त उद्योग अहिले बाढीको हिलोसहितको पानीले डुबाएको छ ।