काठमाडौँ – एनआईसी एशिया बैंक र ललितपुरको ग्वार्कोस्थित ग्लोबल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलको तर्फबाट हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका छन् ।

बैंकले मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।