काठमार्डौँ – सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


सोमबार संघीय संसदको बैठक ९ दिनलाई स्थगित गरेका उनले विज्ञप्ति जारी गरी उनले सांसदहरुलाई विपद पीडितको सहयोगमा खटिन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘संघीय संसद प्रतिनिधिसभाका माननीय सदस्यहरुलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु’ उनले भनेका छन् ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक संघ संस्था, अभियन्ता र राजनीतिक दललाई पनि विपद प्रभावितको सहयोगमा खटिन सभामुख महराले अनुरोध गरेका छन् । प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्न र विपद् आइपरेमा तत्काल उद्धार एवं राहतलाई अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यवस्थित गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

उनले बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गरेका छन् । प्रकोपमा हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार, राहत र पीडितहरुलाई पुनस्र्थापना प्रभावकारी ढंगले गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।