काठमाडौँ – आइतबार भएको फाइनलमा न्यूजिल्याण्डलाई ‘बाउन्ड्री काउन्ट’मा हराउँदै आयोजक इङ्ल्याण्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधी जित्यो । इङ्ल्याण्डको जुन टिमले विश्वकप जित्यो त्यसमा आधा खेलाडी बाहिरी देशका छन् । विदेशमा जन्मिएका खेलाडीले इङ्ल्याण्डलाई उपाधी दिलाए ।


ADVERTISEMENT


इङ्ल्याण्डका टिममा १५ मध्ये ७ खेलाडी विदेशी हुन् । जसमा विश्वकपको फाइनलमा म्यान अफ दि म्याचको पुरस्कार पाउने बेन स्टोक्स र विश्वकपमा इङ्ल्याण्डका लागि सर्वाधिक विकेट लिने जोफ्रा आर्चरसम्म रहेका छन् ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले पनि विदेशी मूलका खेलाडीलाई कुनैपनि देशबाट खेल्न प्रतिबन्ध गर्दैन । तर, केही मापदण्ड भने पूरा गरेको हुनुपर्छ । आइसीसीको नियम २.१.३ का अनुसार यदि कुनै खेलाडी कुनै अर्को देशबाट खेल्न चाहन्छ भने उसले त्यहाँ कम्तीमा ३ वर्ष बसोबास गरेको हुनुपर्छ ।

हुर्नुस् इङ्ल्याण्डको टिममा को को छन् विदेशी खेलाडी

इओइन मोर्गान (आयरल्याण्ड)

इङ्ल्याण्डका कप्तान समेत विदेशी रहेका छन् । उनी आयरल्याण्डका हुन् । आयरल्याण्डको टिमबाट २००६ मा स्कटल्याण्डविरुद्ध डेब्यू गरेका उनले २००७ को विश्वकप समेत आयरल्याण्डबाटै खेलेका थिए । डेब्यूको तीन वर्षपछि उनले २००९ को टी २० विश्वकपमा इङ्ल्याण्डको टिममा स्थान पाएका थिए ।

जासन रोय (दक्षिण अफ्रिका)

टिमका आपनर जासन रोय पनि दक्षिण अफ्रिकाका हुन् । उनी जन्मिएको १० वर्षपछि उनका बुवा इंल्याण्ड गएका थिए ।  फ्रस्ट क्लास क्रिकेट पनि इङ्ल्याण्डमै खेलेका उनले २०१५ मा एकदिवसीय क्रिकेटमा इंल्याण्डबाट डेब्यू गरेका थिए ।

बेन स्टोक्स (न्यूजिल्याण्ड)
न्यूजिल्याण्डमा जन्मिएका बेन स्टोक्स १२ वर्षको हुँदा इङ्ल्याण्ड आएका थिए । स्टोक्सले २०११ मा इङ्ल्याण्डबाट डेब्यू गरेका थिए ।

मोइन अली (पाकिस्तान)

इंल्यायडका स्पिनर मोइन अली पाकिस्तानका हुन् । यद्यपी उनको जन्म भने इङ्ल्याण्डमै भएको हो । उनका बाजे पाकिस्तान, मिरपुर छाडेर बहिर्घम बसाई सरेका थिए ।

आदिर रसिद (पाकिस्तान)

मोइनजस्तै आदिल पनि पाकिस्तानकै हुन् । उनको परिवार १९६७ मा पाकिस्तानको मिरपुरबाट इङ्ल्याण्ड पुगेको हो ।

जोफ्रा आर्चर (वेष्ट इण्डिज)

इङ्ल्याण्डको प्रमुख तीव्र गतिबा बलर जोफ्रा आर्चर वेष्ट इण्डिजका हुन् । उनको जन्म बार्बडासमा भएको थियो । आर्चरले वेष्टइण्डिजको तर्फबाट यू–१९ क्रिकेट पनि खेलेका छन् । जोफ्राले २०१६ मा इंल्याण्डको तर्फबाट पाकिस्तानविरुद्ध प्रथम श्रेणीको क्रिकेट खेलेका थिए । यसै वर्षको मे महिनामा इङ्ल्याण्डका लागि आयरल्याण्डविरुद्ध एकदिवसीयमा डेब्यू गरेका उनले त्यतीबेला नै पाकिस्तानविरुद्ध छी २० मा डेब्यू गरेका थिए ।

टम करन(दक्षिण अफ्रिका)

टम करन जिम्बाब्वेका पूर्व क्रिकेटर केभिन कुरेनका छोरा हुन्, तर उनले आफ्नो करियरको सुरुवात दक्षिण अफ्रिकाबाट गरेका थिए । सबै किसिमका उमेर समूह उनले दक्षिण अफ्रिकाबाट खेलेका थिए । करनले २०१७ मा इङ्ल्याण्डबाट डेब्यू गरेका थिए ।