एजेन्सी – आइतवार लर्ड्स रङ्गशालामा विश्वकप क्रिकेट फाइनलको नतिजामा भाग्यको महत्त्वपूर्ण भूमिका रहँदा रहँदै पनि त्यसमा इङ्ग्ल्याण्डको जितको मुख्य श्रेय बेन स्टोक्सलाई पनि जान्छ। इङ्ग्ल्याण्डको प्रमुख ब्याट्स्म्यानहरू एकपछि अर्को आउट हुँदै पभिलियनतर्फ फर्किरहेका बेला स्टोक्सले अविजित ८४ रन प्रहार गरेर खेललाई निर्धारित ५० ओभरमा बराबरीमा पुर्‍याएका थिए।


ADVERTISEMENT


त्यसपछिको सुपर ओभरमा स्टोक्सले प्रहार गरेको आठसहित इङ्ग्ल्याण्डले १५ रन बनाएको थियो। तर जब सुपर ओभरपनि बराबरीमा रोकियो तब खेलको विजेता कुन टोलीले सबभन्दा धेरै चौका छक्का हान्यो भन्नेमा निर्भर हुन पुग्यो।


ADVERTISEMENT

# # #


बेन स्टोक्सले हानेको दुई छक्का सहित सात बाउन्ड्री रनको मद्दतले इङ्ग्ल्याण्ड विजेता घोषित भयो। प्रस्ट छ, इङ्ग्ल्याण्डको जितमा स्टोक्सको अहम् भूमिका रह्यो।

त्यसैले त टोलीका कप्तान ओएन मोर्गनले स्टोक्सलाई अदभूत खेलाडी भने।

रोचक पृष्ठभूमि

जुन टोलीलाई हराएर स्टोक्सले इङ्ग्ल्याण्डलाई विश्वविजेता बनाए त्योसँग भने उनको गहिरो र रोचक नाता छ। स्टोक्सको जन्म न्यूजील्याण्डको क्राइस्टचर्चमा भएको हो। उनका पिताले न्यूजील्याण्डको राष्ट्रिय रग्बी टोलीमा रहेर खेलिसकेका छन्।

स्टोक्स १३ वर्षको हुँदा उनको परिवार इङ्ग्ल्याण्डमा सरेको थियो। त्यतिखेर उनको परिवारले कुनै दिन स्टोक्सका कारण न्यूजील्याण्ड विश्वकप विजेता हुनबाट वञ्चित हुनेछ भनेर शायदै सोचेका थिए।

पिताको रोजाइ न्यूजील्याण्ड

पिता गेरार्ड स्टोक्सले त केही वर्ष इङ्ग्ल्याण्डमा बसेपछि पुनस् क्राइस्टचर्च फर्किए। आइतवार आफ्नो घरमा टिभी हेरिरहेका उनले न्यूजील्याण्डले जितोस् भन्ने कामना गरेका थिए।

टेलिभिजन कमेन्टेटर एवं इङ्ग्ल्याण्डका पूर्व कप्तान नासिर हुसेनले पटक पटक पिताले न्यूजील्याण्डको जित चाहिरहेको तर छोरा बेन भने इङ्ग्ल्याण्डलाई जिताउन उन्मुख छन् भनेका थिए।

गेरार्ड स्टोक्सले आफ्नो छोराको शानदार खेलप्रति गौरव अनुभव गरेका त छन्। तर, न्यूजील्याण्डको वेबसाइट ‘स्टफ’ मा छापिएको समाचारमा अहिले उनी कसरी न्यूजील्याण्डमा सबभन्दा घृणा गरिएका पिता बनेको भन्ने उल्लेख छ।

बेन स्टोक्स कस्ता खेलाडी हुन्र

हुन त बेन स्टोक्सले फाइनलमा मात्र राम्रो खेलेका होइनन्। यही विश्वकपमा पनि उनले इङ्ग्ल्याण्डको निम्ति पाँच खेलमा जरूरी समयमा टिकेर महत्त्वपूर्ण योगदान दिए। कैयौँ विश्लेषकहरूको नजरमा बेन स्टोक्स सही अर्थमा एक क्रिकेटिङ अलराउण्डर खेलाडी हुन् जसले बल तथा ब्याट दुईवटैमा जादु देखाउन सक्छन्।

२८ वर्षीय स्टोक्स दाहिने हातका तीव्र गतिका बलर हुन् तर उनी ब्याटिङ भने देब्रे हातले गर्छन्। ५२ टेस्ट म्याचमा उनले १२७ विकेट लिनुका अतिरिक्त ६ शतक पनि प्रहार गरेका छन्। साथै ९५ एकदिवसीय खेलमा उनले ७० विकेटका साथै ३ शतक प्रहार गरेका छन्।

उनले टेस्ट खेलमा व्यक्तिगत सर्वाधिक २५८ रनसम्म बनाएका छन्।

स्टोक्सको विगतको ‘ब्याड बोइ’ छवि

आइतवारको खेलभन्दा पहिले स्टोक्सको छवि इङ्ग्लिश क्रिकेटको एक ‘ब्याड बोइ’ वा ‘खराब केटा’को रूपमा रहेको थियो। सन् २०१६ मा ब्रिस्टलको एक रात्रिक्लब बाहिर उनले हातपात गरेको भिडिओले यो छवि बनेको थियो। उक्त काण्डमा उनी पक्राउ परे र मामिला अदालतसम्म पुग्यो।

कुनै पनि इङ्ग्लिश तथा अस्ट्रेलियाली खेलाडीका निम्ति एशेज सिरीज सबभन्दा महत्त्वपूर्ण मानिन्छ। यहि काण्डका कारण उनी सो वर्ष एशेज खेल्नबाट वञ्चित रहे। सन् २०१६ को जुन महिनामा मात्र स्टोक्स चारपटक तीव्र गतिमा गाडी चलाएकोमा दोषी पाइएका थिए।

त्योभन्दा अघि पनि पटक पटक उनी रक्सी खाएर अनुशासन भङ्ग गरेकोमा आरोपित रहे। क्रिकेटको मैदानमा उनी विपक्षी खेलाडीहरूसँग पनि बेला बेला उल्झिए।

भारतीय क्रिकेटर विराट कोहली तथा बांग्लादेशी क्रिकेटर सब्बीर रहमानसँग उनको विवादलाई क्रिकेटप्रेमीहरूले भुलेका छैनन्। तर विश्वकप फाइनल खेलपश्चात् स्टोक्स इङ्ग्लिश क्रिकेटका नयाँ सुपरस्टार बनेका छन्। उनको यस योगदानलाई सदा याद गरिनेछ।

क्रिकेटको जन्मदाता मानिने इङ्ग्ल्याण्डको ४४ वर्षदेखिको विश्वकप जित्ने पर्खाइ उनैले तोडिदिएका छन्।