काठमाडौं – आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रर्वद्धित अशोक लेलैण्डले “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर” सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीले देशभर रहेका आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी उक्त अफर सञ्लान गर्न लागको हो । यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पार्टसमा ५ प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर शुल्क, ३० प्रतिशत साथै ३० प्रतिशत च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ ।


ADVERTISEMENT

# # #


फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुने कप्पनीले जनाएको छ ।

यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो योजना नेपाल अधिराज्यभरी असार ३० गते देखि श्रावण ०५ सम्म मात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भाद« ०५ सम्म लागु हुनेछ । आइएमई मोटर्सले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।