काठमाडौं – विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार प्रहरीले गोरखा साविक मानवु–५ माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई गंगबु मित्रनगरबाट पक्राउ गरेको छ ।


ADVERTISEMENT


इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्ड सुरेश कतारमा रहेको र त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं मै फेला पारी उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


गुरुङले एक महिलालाई विभिन्न अश्‍लिल म्यासेज लेखी पठाएको र इमोमार्फत अपशब्द लेखेर धम्की समेत दिई प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै वैशाख ८ गते उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्धामा महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी परेको थियो ।

उक्त जाहेरीको आधारमा फरार प्रतिवादी सुरेश विरुद्ध महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेपछि उनी उपर गत जेठ १७ गते डिफ्युजन जारी भएको थियो । गुरुङमाथि महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुरुङमाथि महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।