काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का नायब महाप्रबन्धक गणेशबहादुर चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चन्दलाई आइतबार निगमको प्रवक्ता तोकेको संस्थाका सहायक प्रवक्ता नवराज कोइरालाले राससलाई जानकारी दिए ।


ADVERTISEMENT


निगमको आर्थिक विभागमा वरिष्ठ अधिकृतको रुपमा सेवा प्रवेश गरेका चन्दले संस्थागत विभागको प्रमुखको रुपमा पनि काम गरिसकेका छन् । बैतडी स्थायी घर भएका चन्दले त्रिभुवन विश्वविद्यालयबाट एमबिए अध्ययन गरेका छन् । यसअघि निगमको प्रवक्तामा वरिष्ठ क्याप्टेन विजय लामा रहेका थिए ।


ADVERTISEMENT

# # #


नवनियुक्त प्रवक्ता चन्दले निगमको संस्थागत सुधारका लागि आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । निगमले राष्ट्रियतर्फ नौ विमानमार्फत २२ गन्तव्य तथा अन्तर्राष्ट्रियमा दुई वाइड बडी, दुई न्यारो बडी जहाजले छ मुलुकका विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ ।

निगमले अन्तर्राष्ट्रियस्तरको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रदान गर्दै आएको छ ।रासस