कलैया– पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बारा सिमरा–जितपुर उपमहानगरपालिका वडा नं १६ मा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


माछा राखेर काठमाडौँतर्फ गइरहेको ग२च २३२० नं को बोलेरो पिकअप जिप सो राजमार्गको गजुरा खोलामा खस्दा माछा व्यापारी झापा बिर्तामोड–९ बस्ने ४५ वर्षीय प्रभु सहनीको घटनास्थलमा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


जिप चालक चितवन, भरतपुर–७ बस्ने ४९ वर्षीय चिजमान श्रेष्ठ गम्भीर घाइते भई हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए ।