पोखरा– पोखरामा ‘पेन गन’ सहित लागुऔषध कारोबारी पक्राउ परेका छन् । हेर्दा कलम जस्तो देखिने, सात राउन्ड गोली लाग्ने ‘पेन गन’ लागुऔषध कारोबारीबाट बरामद गरिएको हो ।


ADVERTISEMENT


नयाँ प्रहरी प्रमुखको आगमनपछि लागुऔषध कारोबारविरुद्ध अपरेशन थालेको प्रहरीले पोखरा २४ कास्कीकोटका २४ वर्षीय सागर रानाभाटको साथबाट ‘पेन गन’ बरामद गरिको हो ।


ADVERTISEMENT

# # #


केही समययता उनी पोखरा ७ मा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको डेरामा छापा मार्दा ‘पेन गन’ सहित लागुऔषध पनि भेटिएको हो । प्रहरीले ‘पेन गन’ सहित लागुऔषध पनि बरामद गरेको जनाएको छ ।