काठमाडौं – सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।


ADVERTISEMENT


एसियन फुटबल फेडेरेसनले बुधबार मलेसियामा ‘ड्र’ मार्फ समूह छनोट गरेको हो । सार्वजनिक गरिएको समूह ‘बी’ मा नेपालसंगै अष्ट्रेलिया, कुबेत, चाइनिज ताइपेई र जोर्डन रहेका छन् ।


ADVERTISEMENT

# # #


एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । एसियाली राष्ट्रमा फिफा वरियताको शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको हो ।

डबल राउन्ड रोबिनको आधारमा हुने विश्वकप छनोटको दोस्रो राउण्ड होम एण्ड अवे गरी खेल्नेछन् । पहिलो चरणको खेल यही वर्षको सेप्टेम्बर ५ तारिखदेखि सुरु हुनेछ ।

आठ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टिमले विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् । त्यस्तै, यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने छन् ।