काठमाडौँ – प्रमुख प्रतिपक्ष दल कांग्रेसले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न प्रस्ताव गरेको हो ।


ADVERTISEMENT


बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले ५८ वर्षमा पेन्सन पाउने सरकारी प्रस्ताव स्वीकार्य नहुने बताए ।


ADVERTISEMENT

# # #


समितिका सदस्य समेत रहेका नेता बडुले राष्ट्रको व्ययभारलाई कम गर्न पनि निजामती कर्मचारीहरुको पेन्सन पाउने उमेर हद ६० वर्ष तोक्नुपर्ने तर्क गरे ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले निजामती कर्मचारीको तलब बढ्दा अवकास प्राप्त कर्मचारीको पेन्सन वृद्धि गर्न नहुने बताए । विधेयकमा कर्मचारीको पेन्सन उसले पाएको तलवको ७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।