काठमाडौँ — कैलालीको धनगढी उपमहानगरपालिका–३ शहीद गेटमा बिहीबार भएको शक्तिशाली बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द समूहले लिएको छ ।


ADVERTISEMENT


सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेका बम विस्फोट भएको उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त घटनामा पार्टी कार्यकर्ता रामबहादुर सिंह (राजेश) को मृत्यु भएको जनाएको छ । यस्तै विज्ञप्तीमा घाइतेहरुको उपचारको व्यवस्था पार्टीले गर्ने बताइएको छ ।

घटनाको मुख्य जिम्मेवारी सरकार भएको उल्लेख गर्दै त्यसको सम्पूर्ण जिम्मा फासीबादी ओली सरकारले लिनु पर्ने भनिएको छ ।