काठमाडौं – प्रहरीले छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेका २५ जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका–८ जरंकु बस्ने कुमार श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले उनीहरुको साथबाट नगद १९ हजार ७ सय ५ रुपैयाँ र ३ बुक ताससमेत बरामद गरेको छ । यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा ६ पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद ६७ हजार ८५ रुपैयाँ र ७ बुक ताससमेत बरामद गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दु बस्ने ढाल बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । उनीहरुका साथबाट नगद ४३ हजार ५ सय रुपैयाँ र ३ बुक ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।