काठमाडौँ – बेलायतमा बोरिस जोन्सन नयाँ प्रधानमन्त्री बनेका छन् ।


ADVERTISEMENT


महारानी एलिजाबेथ द्वितीयाले बुधबार उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । जोन्सनले बुधबारै पदभार ग्रहण गरेको बीबीसीले जनाएको छ । उनी सत्ताधारी कन्जरभेटिभ पार्टीका नेता छन् । जोन्सन मङ्गलबार सो पार्टीको नयाँ नेता चुनिएका हुन्


ADVERTISEMENT

# # #


बकिङ्घम दरबारमा महारानी एलिजाबेथलाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिङ स्ट्रिटमा फर्किएपछि उनले देशवासीका नाममा सम्बोधन गरे ।

जोन्सनले युरोपेली सङ्घबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रित बनाए। उनले आगामी ३१ अक्टोबरभित्र बेलायत युरोपेली सङ्घबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको पनि स्पष्ट गरे ।