काठमाडौं – मार्क्सवादी समालोचक तथा नाटककार खेम थपलियाको १६ औँ कृतिका रूपमा ‘टिप्पन समालोचना’ प्रकाशनमा आएको छ । ‘टिप्पन समालोचना’ मा विभिन्न विधाका विभिन्न पुस्तकमाथि केन्द्रित भएर गरिएका टिप्पन समालोचना समावेश छन् ।


ADVERTISEMENT


पुस्तकमा टिप्पन समालोचनासम्बन्धी सङ्क्षिप्त सैद्धान्तिक चर्चा पनि गरिएको लेखक थपलियाले बताएका छन् । यो पुस्तक नेपाली समलोचना परम्परामा नयाँ विधा जन्माउने प्रयास पनि रहेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


नेपाली साहित्यमा ऊर्जाशील रूपमा विकास हुँदै आएको समाजवादी–यथार्थवादी धारालाई यो समालोचनात्मक पुस्तकले पक्रेको छ । यसको केन्द्रमा मार्क्सवादी विश्वदृष्टिकोण रहेको छ । यहाँ यही विश्वदृष्टिकोणअनुसार कला–साहित्यको उद्देश्य पर्गेल्ने प्रयत्न गरिएको छ । पुस्तकमा माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्य, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देखि वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सम्मका पुस्तकहरूको टिप्पन समालोचना गरिएको छ ।

पुस्तकमा एकसय दसजना स्रष्टाका एकसय दसवटा टिप्पन समालोचना समाविष्ट छन् । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित प्रस्तुत ‘टिप्पन समालोचना’ ३७६ पृष्ठमा संरचित छ ।