काठमाडौँ– सरकारी प्रतिनिधि र अनसनरत चिकित्सक डा. गोविन्द केसीका प्रतिनिधिबीच आज वार्ता भएको छ ।


ADVERTISEMENT


वार्तामा डाक्टर केसीका मागबारे प्रारम्भिक छलफलमात्र भएको छ । वार्तामा सहभागी डाक्टर केसीका प्रतिनिधि वाइपी सिंहका अनुसार शनिबार पुनः वार्ता गर्ने सहमति भएको तर समय टुंगो लागेको छैन ।


ADVERTISEMENT

# # #


उनले भने, ‘आज हामीले माग प्रस्तुत गर्‍यौं, मागबारे भोलि गृहकार्य गरेर पुनः छलफल हुने कुरा छ ।’

दसौं सत्याग्रह क्रममा सरकारसँग भएको सम्झौता कार्यान्वयनसहित सातबुँदे माग राख्दै टिचिङ अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. केसी पाँच दिनदेखि एघारौं चरणको अनसनमा छन्।

केसीले सरकारी निर्देशन र अदालतको आदेश अटेर गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गर्नुपर्ने अर्को माग राखेका छन्। चिकित्सा शिक्षा आयोग नबनुञ्जेल मेडिकल शिक्षाको सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने उनको माग छ।

एमडी, एमएस र एमडिएस तहको शुल्क यसै शैक्षिक वर्षदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी मेडिकल कलेजहरूका लागि २२ लाख रुपैयाँ कायम गर्न पनि उनले माग राखेका छन्।