काठमाडौँ – सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनलाइसिस विङ (रअ)का प्रमुखलाई प्रधानमन्त्री केपी ओलीले नभेटेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रालयमा मन्त्री परिषद्का निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले उक्त दाबी गरेका हुन् । ‘रअ’का प्रमुख सामन्त गोयल गत शनिबार नेपाल आएका थिए । सोमबार भारतफर्किनुअघि उनले प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरुलाई भटेको समाचार बाहिरिएका थिए ।


ADVERTISEMENT

# # #


तर, त्यसमा सत्यता नभएको दाबी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीले भेट्नु भएको छैन । यो ‘रिउमर क्रियट’ गर्ने काम गर्नुहुँदैन । यदि भेट भएपनि कुटनीतिक प्रक्रिया अपनाइनु पर्छ । सत्य प्रमाण गर्नुपर्यो ।’

विदेशी संस्था आवत जावत गर्नु सामान्य रहेको भन्दै उनले भने, ‘नेपाल सुन्दर देश हो । मान्छे त आइराख्छन् नि । हाम्रा पनि जान्छन् नि ?’ यद्दपी यसमा आफूलाई प्रमाणित गर्नुपर्ने कुनै आवश्यकता नभएको मन्त्री बाँस्काटाले बताए ।