काठमाडौँ – सरकारले ९८९ जना युवाहरुलाई रोजगारी दिने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


जसका लागि खानेपानी मन्त्रालयमा २१३ जना कर्मचारी माग गरिनेछ । यस्तै मन्त्री परिषद्ले वन तथा वातावरण मन्त्रालयमा ५० तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ७२६ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


हेर्नुहोस् सरकारका अन्य निर्णय