काठमाडौं । नयाँ दल दर्ता गरेर प्रदेश र संसदको चुनावमा भाग लिन नपाइने भएको छ । असार मसान्तभित्र आयोगमा दर्ता भएका दलहरुले मात्र प्रदेश र संसदको चुनावमा भाग लिने पाउने निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


आयोगमा दर्ता भएका दलहरुले समेत प्रदेश र संसदको चुनावका लागि फेरि दल दर्ता गर्नुपर्नेछ । निर्वाचन आयोगले सार्वजनिक सूचना मार्फत संविधानको धारा २७१ बमोजिम भदौ ११ गतेभित्र दल दर्ताको आबेदन दिन आहृवान गरेको हो ।


ADVERTISEMENT

# # #