काठमाडौँ – पाकिस्तानी क्रिकेटर मोहम्मद अमिरले टेष्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । अमिरले २७ वर्षको उमेरमा नै टेष्ट क्रिकेटबाट सन्यास लिएका हुन् ।


ADVERTISEMENT


पाकिस्तान क्रिकेट बोर्डलाई पत्र लेख्दै बायाँ हाते तीव्र गतीका बलर अमिरले आफूलाई सेतो बलमा मात्रै ध्यान केन्द्रित गर्ने इच्छा रहेको बताएका छन् । ‘पूरातन फम्र्याटको खेलमा पाकिस्तानबाट प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको कुरा हो ।’ अमिरले पत्रमा भनेका छन्, ‘तर, मैँले लामो संस्करणको क्रिकेटबाट बाहिर निस्किने निर्णय गरेको छु । किनकी म सेतो बलमा आफ्नो ध्यान केन्द्रित गर्न सकूँ’ ।


ADVERTISEMENT

# # #


आफ्नो एक मात्र उद्देश्य पाकिस्तानबाट खेल्नु रहेको बताउँदै उनले सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपमा आफूलाई फिट राख्न मेहनेत गर्ने बताएका छन् । ‘यो घोषणा गर्दा मैँले लामो समय सोचेको थिएँ । आइसीसी टेष्ट च्याम्पियनसिप चाँडै सुरु हुन लागेकाले युवा तीव्र गतिका बलरका लागि मैँले हौसलन प्रदान गर्न आफ्नो ठाउँ छाडेको हुँ ।’ अमिरले भने, ‘रातो बलको संस्करणका मेरो टिमका साथीहरु र विपक्षीलाई पनि म धन्यवाद दिन चाहन्छु ।’

टेष्ट क्रिकेटमा पाकिस्तानका लागि सन् २००९ मा श्रीलंकाविरुद्ध डेब्यू गरेका अमिरले ३६ टेष्टमा २.८५ को इकोनोमीमा ११९ विकेट लिएका छन् । अमिरले गत जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध आफ्नो अन्तिम टेष्ट खेलेका थिए ।