काठमाडौँ – सन् २०२० मा अष्ट्रलियामा हुने टी-२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।


ADVERTISEMENT


सिंगापुरमा जारी विश्वाप एशिया छनोटमा सिंगापुरसंग ८२ रनले पराजित भएसंगै नेपालको फोरि एक पटक विश्कप खेल्ने सपना तुहिएको हो । आजको जितसंगै सिंगापुर पहिलो पटक टी २० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।


ADVERTISEMENT

# # #


सिंगापुरको इण्डियन एशोसिएसन मैदानमा टस जितेर ब्याटिङ थालेको आयोजक सिंगापुरले १९२ रनको विशाल योगफल तयार पारेपछि नेपाल ८२ रनले पराजित भएको हो । १९२ रनको चुनौति पच्छ्याउँदा नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमै समेटियो ।

औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए ।

उनी दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । तर त्यसपछि नेपाल सम्हालिन सकेन । थप ५५ रन जोड्दा नेपालले ८ विकेट गुमायो । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अन्यले दोहोरो अंक छुन सकेनन् ।

सिंगापुरका लागि सेल्डोर विजयकुमारले ४ विकेट लिएर नेपालको सपना तुहाइदिनए । उनले २५ रन खर्चिँदा ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, करण केसी र विनाद भण्डारीको विकेट लिए । यस्तै विनोद बास्करणले २ तथा जनक प्रकाश, अम्जाद मेहबुब र अनन्त कृष्णले समान १-१ विकेट हात पारे ।

यसअघि  सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनायो । सुरुवातमै आक्रमण गरेको सिंगापुरले पहिलो ११ ओभरमा सय रन पार गरेको थियो ।

सिंगापुरका टिम डेभिड नेपाली बलरका लागि टाउको दुखाईको विषय बने । दोस्रो विकेटका लागि रोहन रंगराजनसंग ८९ रनको साझेदारी गरेका उनल तेस्रो विकेटका लागि मनप्रित सिंहसंग ६६ रनको साझेदारी गरेपछि सिंगापुरले पहिलो पटक १९० रन कटाएको हो ।

आक्रामक ब्याटिङ गरेका उनले ४३ बलमा ८ चौका र ३ छक्का ठोक्दै ७७ रन बनाएपछि सिंगापुरले विशाल योगफल तयार गरेको हो । यस्तै रोहन रंगराजनले ३३ बलमा ४९ रन बनाउँदा ४ चौका र ४ छक्का हाने ।

यस्तै मनप्रित सिंहले पनि आक्रामक खेले । त्यसक्रममा उनले २७ बलमा ३ चौका र २ छक्काको मदतमा ४२ रन बनाए । अनिस इडवार्डले ९ रन बनाए ।

सिंगापुरका ब्याट्सिम्यानसामू नेपाली बलर निरीह साबित भए । अभिनास बोहराले ४ विकेट लिए । ४ ओभरमा उनले ३५ रन खर्चिए । करण केसीले २ विकेट लिनु बाहेक अन्यले कुनैपनि योगदान दिन सकेनन् ।