काठमाडौँ – सिंगापुरमा सम्पन्न टी-२० विश्वकप एशिया छनोट क्रिकेटमा नेपाल आइतबार सिंगापुरसंग पराजित मात्रै भएन, लज्जाबोध पनि गर्नु परेको छ । आयोजक सिंगापुरले नेपाललाई बेइज्जत गरेको हो ।


ADVERTISEMENT


सिंगापुरसंग ८२ रनले पराजित भएसंगै नेपालको टी–२० विश्वकप खेल्ने सपना चकनाचुर भयो । दुई खेलमा दुई जित र दुई हारसहित चार अंक बटुलेको नेपाली खेलाडीलाई आयोजक सिंगापुरले उपविजेताको मेडल लगाइदिएको थियो । नेपालका सबै खेलाडीले पालैपालो लाइनमा बसेर मेडल लगाएका थिए।


ADVERTISEMENT

# # #


तर, नेट रनरेट नेपालभन्दा आफू अगाडी रहेको भन्दै कतारका टिम व्यवस्थापनले विरोध गरेपछि नेपालले आफ्ना उपविजेताको मेडल फिर्ता गर्नुपर्यो ।

कतारको विरोधसंगै नेपालले लगाइसकेका मेडल टिम व्यवस्थापक रमन शिवाकोटीले फिर्ता गर्नुपर्नेको थियो । त्यसपछि कतारका खेलाडीलाई मेडल दिइएको थियो।