काठमाडौं । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले संघीय संरचना अनुसार तीनै तहमा कर्मचारी समायोजन गर्नु तत्कालीन आवश्यकता भएको भन्दै समायोजनको काम छिटो भन्दा छिटो सम्पन्न गर्ने बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बसेर थार्काएर काम नगरी खाने कर्मचारीहरुलाई तह लगाउने मन्त्रीको चेतावनी छ ।


ADVERTISEMENT

# # #


‘हाम्रा कति कर्मचारीहरु बसी बसी खाने पनि छन्’ मन्त्री बस्नेतले भने, ‘सिंहदरबारमै बसेर कामै नगरी थर्काएर खानेहरु पनि चाँडै तह लाग्छन, सबैलाई कामको ब्यवस्थापन हुन्छ ।’

राजधानीमा आयोजित एक कार्यक्रममा उनले जिम्मेवारीको अग्नि परीक्षामा उत्तीर्ण हुन नसके जोगी भएर हिँड्न तयार रहेको समेत बताएका छन् ।

‘यो मेरा लागि अवसर हो र अग्नि परीक्षा पनि हो,’ उनले भने, ‘अग्नी परीक्षामा पास हुन सकिन भने जोगी भएर हिँड्न तयार छु ।’