श्याम ठाकुर, सिरहा – सिरहाको मालपोत कार्यालयबाट एक नायब सुब्बासहित दुई जना घुस लिदा लिदै पक्राउ परेका छन ।


ADVERTISEMENT


सिरहा मालपोत कार्यालयमा कार्यरत ४२ वर्षिय नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी ब्यवसाय गर्ने ५० वर्षिय राजवंसी चौधरी लाई रु. ५ हजार घुससहित पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा अख्तियारका प्रहरी निरीक्षक राजु भन्डारीको नेतृत्वमा वर्दीबासबाट खटिएको अख्तियारको टोलीले छ्ड्के जाँच गर्दा उनीहरुलाई घुससहित रंगहात पक्राउ परेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुले मोहीको लागत पट्टा बापत सेवाग्राहीबाट ५ हजार रकम मागेको खुलेको छ । आएको टोलीले मालपोतमा छापामारी गर्दा घुस सहित पक्राउ परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।