काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उर्तीण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।


ADVERTISEMENT


नियमित तर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ विद्यार्थी मध्ये सबै भन्दा माथिल्लो जीपीए अर्थात् ३.६१ देखि ४.०० सम्म ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको छ । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २०४ रहेको छ ।


ADVERTISEMENT

# # #


नियमिततर्फ परीक्षामा सहभागी २ लाख ९२ हजार १५३ मध्ये सबै भन्दा माथिल्लो जीपीए अर्थात् ३.६१ देखि ४.०० सम्म ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको छ । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २०४ रहेको छ । त्यस्तै २.०१ देखि २.४० जिपीए ल्याउने ८६ हजार २२७ रहेका छन् । यसैगरी १.६१ देखि२.०० जिपीए ल्याउने विद्यार्थी ६२ हजार ६१९ र २.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५०३ रहेको छ ।

१.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६१९ जना छन् । १.२१ देखि १.६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी तीन हजार ५ २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३६२ जना रहेका छन् ।

यसैगरी ग्रेड बृद्धि तर्फ ७८ हजार ७४४ आंशिक तर्फ ५७ हजार १७० परीक्षार्थी सहभागी थिए । तिजा प्रकाशनका लागि सोमबार बोर्ड बैठक बोलाइएको थियो । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता परीक्षण गरिएको थियो ।

परीक्षणमा गल्ती नभेटिएकाले सोमबार नतिजा प्रकाशन गरिएको हो । कक्षा १२ को परीक्षामा यस वर्ष कुल चार लाख २८ हजार ६७ विद्यार्थी सहभागी भएका थिए ।