काठमाडौँ — दरबारमार्गमा रहेको क्लब डेजा भूका अध्यक्ष मनोज श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा फरार रहेका मनोज विरुद्द प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत गत माघ १५ गते डिफ्युजन नोटिस जारी गराएको थियो ।


ADVERTISEMENT


हङकङबाट काठमाडौं आएका श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा पक्राउ गरिएको हो ।


ADVERTISEMENT

# # #


कम्पनी मर्मत गर्न भन्दै विश्वराम श्रेष्ठबाट दुई करोड रुपैयाँ लिएका मनोजले उक्त रकम फिर्ता गर्ने क्रममा चेक दिएका थिए । तर खातामा रकम नभएपछि विश्वरामले उक्त चेक बाउन्स गराएर कानूनी प्रक्रिया अगाडि बढाएका थिए । गत बर्षको पुस १३ गते श्रेष्ठले प्रहरी परिसर काठमाडौंमा मनोज विरुद्ध बैंकिङ कसुरमा जाहेरी दिएका थिए ।