काठमाडौँ – कुवेतमा हुने एएसबीसी स्कुल ब्याइज बक्सिङ प्रतियोगिताका लागि तीन सदस्यीय नेपाली टोल आज त्यसतर्फ प्रस्थान गर्दैछ ।


ADVERTISEMENT


बक्सर छिरिङ वाङ्दी शेर्पाले कुवेत बक्सिङ संघको आयोजना तथा एसियन बक्सिङ कन्फेडेरेसनको निमन्त्रणामा यही अगष्ट १ देखि ९ तारिखसम्म हुने च्याम्पियनसिपमा ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।


ADVERTISEMENT

# # #


आठौँ साफ गेम्सका गोल्ड मेडालिस्ट रामचन्द्र थापा शेर्पाका प्रशिक्षक र नेपाल बक्सिङ एशोसिएसनका सदस्य तथा स्कुल बक्सिङ कमिटिका संयोजक पुस्कर राज पन्त व्यवस्थापकका रुपमा कुवेत जाँदैछन् । उनीहरुलाई नेपाल खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र नेपाल बक्सिङ एशोसिएसनका अध्यक्ष राम आलेले उनीहरुलाई विदाई गरेका हुन् ।

युवा उमेर देखि नै बक्सिङमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलो पटक स्कुल ब्वाइज च्याम्पियनसिप बयोजना गर्न लागेको हो। यस सहभागिताबाट नेपालका धेरै स्कुलहरु बक्सिङप्रति आकर्षति हुने संघको विश्वास छ।