काठमाडौं । राजनीतिमा दलहरु मिल्ने कुरा मरुभूमिमा पानी खोजे झैँ हुने गरेको छ । यही बेला दलका बिधार्थी संगठनहरुले दलीय एकता र आत्मीय मिलनको सन्देश दिएका छन् ।


ADVERTISEMENT


बहाना थियो, नेबिसंघ अध्यक्ष नैनसिँह महरको जन्मदिन । भेला भए, सबै बिधार्थी संघठनका नेतृत्वहरु ।


ADVERTISEMENT

# # #


संयुक्त बिद्यार्थी संघठनले महरको जन्मदिन मनाईरहँदा बर्तमान राजनीतिक नेतृत्वलाई मिलेर देश बनाउने सन्देश मिलिरहेको थियो ।

जन्मदिन मनाईएको कार्यक्रममा बिभिन्न बिद्यार्थी संघठनका अध्यक्षहरुले नेबिसंघ अध्यक्ष महरलाई मिलेर अघि बढ्ने गरी शुभकामना दिएका छन् ।

अनेरास्वबियु अध्यक्ष नविना लामाले नैनसिँह महरसंगको राजनीतिक सहकार्यले बिधार्थी आन्दोलन उचाईमा पुर्याउन सकिने बताएकी छन् । बिद्यार्थी संघठनको अभिवावक नेताका रुपमा महरलाई प्रस्तुत गर्दै उनले अन्तराष्ट्रिय पुरस्कार बिजेता बिद्यार्थी नेता भन्दै महर राजनीतिक नेतृत्वमा परिपक्व रहेको बताएकी छन् ।

अन्य बिधार्थी संघठनका नेताहरुले समेत महरको जन्मदिनमा शैक्षिक मुद्धा र आन्दोलनहरुमा एक भएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नेबिसंघ अध्यक्ष महरले आफुलाई शुभकामना दिने सबै बिद्यार्थी संघठन र त्यसका अध्यक्षहरुलाई धन्यवाद दिदै आफ्नो जन्मदिनमा विकास भएको सस्कारले बिद्यार्थी संघठनहरु वीच आत्मियता बढेको र बिद्यार्थी आन्दोलनलाई सहमती, सहकार्य र एकताका साथ अघि बढाउन कोशेढुँगा साबित भएको बताएका छन् ।