काठमाडौँ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन मन्त्रीको रुपमा पद बहाली गरेका छन् । बुधबार शपथपछि मन्त्रालयमा पदवहाली गर्दैै मन्त्री भट्टराईले पत्रिकार र टेलिभिजनमा आफ्ना लागि पैसा खर्च गरेर बधाई नदिन आग्र गरेका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जालमार्फत बधाई दिनेलाई धन्यवाद दिँदै उनले मन्त्री बनेपछि पत्रिकामा विज्ञापनमार्फत बधाई दिने प्रचलन भए पनि आफूलाई त्यो रमाइलो नलाग्ने बताए ।


ADVERTISEMENT

# # #


‘सम्भवत मलाई सोसल मिडियाहरुमा धेरै बधाई आएको होला, उहाँहरुलाई धन्यवाद दिन चाहन्छु, एउटा अनुरोध पत्रकार साथीहरुमार्फत गर्छु, कुनै पनि कम्पनीले बिजनेश हाउसले व्यवसायिक मित्रहरुले पैसा तिरेर बधाई नदिनुहोला । त्यो राम्रो कुरा हैन ।’ उनले भने, ‘फेसबुकमा दिनुस, के मा दिनुस त्यो ठीक छ, त्यसलाई अन्यथा मान्दिन तर पत्रिकामा टेलिभिजनमा बिज्ञापनको रुपमा बधाई नदिनुहुन त्यो मेरो लागि धेरै राम्रो हुनेछ ।’

यस्तै उनले मन्त्रालयमा पनि सरल भाषामा बोल्न कर्मचारीलाई आग्रह गरे ।