काठमाडौँ – मोफसलको चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यका साथ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यारत प्रा. डा. रामप्रसाद उप्रेतीले सेवाबाट विदा लिएका छन् । प्रा डा उप्रेतिलाई बुधबार त्रिवि शिक्षण अस्पतालमा उनका विद्यार्थी र आफूले बिदा गरेका थिए ।


ADVERTISEMENT


४ दशकभन्दा बढी समय शिक्षण अस्पतालमा बिताएका उनले अब आफ्नो यात्रा झापाको बी एण्ड सी शिक्षण अस्पतालबाट सुरु गर्दैछन् । उप्रेती भर्खरै मात्र मान्यता पाएको बी एण्ड सी मेडिकल कलेजको प्रिन्सिपलमा नियुक्त भएका छन् ।


ADVERTISEMENT

# # #


यस शैक्षिशत्रदेखि नै चिकित्सा शिक्षा सुरु हुन लागेको बी एण्ड सीलाई अगाडि बढाउने उनलाई अवसरका साथै चुनौतिपनि रहेको छ । जन्मथलो झापालाई मेडिकल हब बनाउने आफ्नो उद्देश्य रहेको भन्दै उनले बी एण्ड सीको जिम्मेवारीले आफूलाई थप हौसला प्रदान गरेको बताए ।

प्रा. डा. उप्रेतीलाई बी एण्ड सीका कार्यकायरी निर्देशक दुर्गा प्रसाईले स्वागत गरेका थिए । कार्यकारी निर्देशक प्रसाईले अबको एक दशकभित्र दुई लाख नागरिकलाई रोजगारी दिने हिसाबले आफू अघि बढिरहेको बताए ।

यसै शैक्षिक सत्रबाट अध्यापान सुरु गर्ने तयारीका साथ अस्पतालले प्रोफेसर ल्याउने क्रमलाई तीव्रता दिएको छ ।

तस्बिर : उज्यालो नेपाल