एजेन्सी – बल टेम्परिङको एक बर्षे प्रतिबन्धपछि टेस्ट क्रिकेटमा पुनरागमन गरेका अष्ट्रेलियन पूर्व कप्तान स्टिभ स्मिथले सम्भवतः खेल जीवनकै उत्कृस्ट इनिङ खेलेका छन् ।


ADVERTISEMENT


विहीबारदेखि इङ्ल्यान्डमा सुरु भएको एसेज सिरिज र टेस्ट च्याम्पियनसिप अन्तर्गत एजब्यास्टन मैदानमा घरेलु टोलीबिरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । अस्ट्रेलियाले एक सय २२ रन बनाउँदा नै आठ विकेट गुमाएको थियो ।


ADVERTISEMENT

# # #


चौँथो नम्बरमा ब्याटिङ गर्न आएका स्मिथले त्यसपछि पिटर सिडलसँग नवौँ र नाथन लायनसँग दशौँ विकेटको लागि सानदार साझेदारी गरे । उनले सिडलसँग ८८ र लायनसँग ७४ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई सम्मानजनक योगफतर्फ पुर्याएका थिए । अन्तिम विकेटको रुपमा आउट हुनुअघि स्मिथले दुई सय १९ बलमा एक सय ४४ रन प्रहार गरे । उनले १६ चौका र दुई छक्काको सहयोगमा शतकीय रन बनाएका थिए । टेस्टमा स्मिथको यो २४औं शतक हो ।

एसेजमा उनको यो नवौं शतक हो । स्मिथ चम्किएपछि अस्ट्रेलियाले दुई सय ८४ रनको योगफल खडा गरेको थियो ।

पिटर सिड्लेले ४४ र टिम हेडले ३५ रन बनाए । इङ्ल्यान्डका स्टुवार्ड वोर्डले पाँच विकेट लिए भने क्रिस वोक्सले तीन विकेट लिएका थिए ।

अष्ट्रेलियालाई अलआउट गर्दै पहिलो इनिङ थालेको इङ्ल्यान्डले दुई ओभरमा बिना विकेटको क्षतिमा १० रन बनाएको छ ।