काठमाडौँ – लललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


शुक्रबार दिउँसो साढे १ बजे भएको झगडामा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


कर्तव्य ज्यान मुद्दामै जेल सजाय भोगिरहेका सर्लाहीका ५० वर्षीय पवनकुमार महतोले ढुंगा प्रहार गर्दा राजीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका राजीलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो । साढे २ बजे उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवत्ता डीएसपी नारायण प्रसाद चिमोरीले बताए ।

घटना किन भयो भन्नेबारे केही खुलेको छैन ।