काठमाडौं – नेपालका लागि ओयो होटलहरुको नेतृत्व विक्की योल्मोले गर्ने भएका छन् ।


ADVERTISEMENT


काठमाडौं, पोखरा, भक्तपुर, धुलिखेल, नगरकोट, चितवन, विराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढी लगायत २१ वटा शहरमा ३३० भन्दा बढि होटल र ५५०० भन्दा बढि कोठाहरु रहेको ओयो होटल एण्ड होमस्ले नेपालका लागि योल्मोलाई नेतृत्वमा नियूक्त गरेको हो ।


ADVERTISEMENT

# # #


योल्मो ११ वर्ष भन्दा बढि एक अनुभवी स्ट्याटिजिक बिज्नेस म्यानेजमेन्ट स्पेसयालिस्ट हुन् । फूड, डेरि, रिटेल तथा एग्री कमोडिटिमा ११ वर्ष भन्दा बढि अनुभवका साथ, विक्कीको व्यवसाय व्यवस्थापन र विकास रणनीतिले ओयो नेपाललाई आर्थिक वर्ष २०१९ मा १० हजार कोठाहरु पु¥याउन मद्दत गर्नेछ । विश्वव्यापी रुपमा ओयोले ८० देशका ८०० शहरहरुमा १ मिलियन कोठाहरु पु¥याएर विश्वकै तेस्रो–ठुलो होटल चेन बन्न सफल भएको छ ।

ओयो होटल एण्ड होमस्, दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो ठुलो, विश्वकै तेस्रो ठुलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाईज होटल, घरहरु र आवास हो ।

नेपालमा आतिथ्य श्रृंखलाहरु विस्तार भइरहेका बेला विक्की सम्पूर्ण होटल संचालकहरुसँग सम्बन्ध प्रगाण बनाउन, नेपालमा रहेका ओयो कर्मचारीहरुबीच गहिरो संलग्नता कायम गर्न, यात्रुहरुलाई उच्च गुणस्तरीय सेवा तथा विश्वासिलो अनुभव प्रदान गर्न र नेपाल भ्रमण वर्ष २०२० ९भिजिट नेपाल० लाई मध्यनजर गर्दै नेपाललाई चौतर्फी दृष्टिकोणबाट महत्वपूर्ण रणनीतिक बजार विस्तार गर्न केन्द्रित रहनेछन् ।

ओयो भारत तथा दक्षिण एशियाका सीइओ आदित्य घोषले भने, ‘म ओयो परिवारमा विक्की योल्मोलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसी छु । दक्षिण एशियाकै मुख्य बजार नेपालमा ओयोलाई विस्तार गर्न विक्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । विक्कीको जोश–जागर तथा संरचित वातावरणको गहन ज्ञान र बलियो व्यवसाय दृष्टिले अत्यन्तै सूलभ मूल्यमा आकर्षक अतिथ्यि अनुभव प्रदान गर्ने हाम्रो लक्ष्यमा अगाडि बड्न मद्दत पुग्नेछ । म उसलाई आगामी दिनहरुका लागि शुभकामना प्रदान गर्न चाहान्छु ।’

नेपालका कन्ट्री हेड विक्की योल्मोले ओयोले आफ्नो नविनतम बिज्नेस मोडलबाट भारत लगायत विश्व आतिथ्य उद्योगमा नयाँ इतिहास रचेको बताए । उनले भने, ‘म ओयोमा असाधारण प्रतिभा भएका जोशीला टोलीका साथ नेपालमा ठुलो भूमिका निर्वाह गर्दै ब्राण्डको उपस्थीतिलाई बलियो बनाउने आशा राखेको छु । ओयोले अतिथि र होटल संचालकहरुको अतिथि अनुभवलाई परिभाषित गरेको छ र म यस वृद्धिको रोचक यात्राको हिस्सा बन्न पाउँदा अत्यन्तै खुसी छु र हामी ओयोलाई नेपालमा उत्यन्तै रुचाईएको आतिथ्य ब्राण्ड बनाउन निरन्तर लागि रहेका छौं ।’