काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।


ADVERTISEMENT


बिरामी पत्नी सीता दाहाललाई लिएर पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष प्रचण्ड गएराति स्वदेश फर्किएका हुन् । प्रचण्ड गत मंगलबार दुबई गएका थिए ।


ADVERTISEMENT

# # #


श्रीमती सीता दाहालको आग्रहमा प्रचण्ड, छोरीहरू रेणु र गंगा, नातिनातिनासहित युएई गएका थिए। सीता लामो समदेखि बिरामी छन्।

प्रचण्डलाई लिन उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र पूर्वसभामुख ओनसरी घर्ती मगर विमानस्थल पुगेका थिए।