काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको सिफारिस गर्न सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरेलको संयोजकत्वमा ‘सर्च कमिटी’ गठन गरिएको छ ।


ADVERTISEMENT


सो कमिटीका सदस्यमा त्रिविको व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीप्रसाद शर्मा र मेची बहुमुखी क्याम्पसका प्रमुख कमलप्रसाद गुरागाईं रहनुभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । उनीहरू दुवै नेपाल कम्युनिस्ट पार्टी निकट मानिन्छन् । विश्वविद्यालय ऐनअनुसार सहकुलपतिको संयोजकत्वमा रहने सर्च कमिटीले तीन जनाको नाम प्रस्तावका रूपमा सिफारिस गर्नुपर्ने हुन्छ । कुलपतिसमेत रहेका प्रधानमन्त्रीले तीमध्येबाट एक जनालाई नियुक्त गर्नुपर्ने प्रावधान छ ।


ADVERTISEMENT

# # #


त्रिविका वर्तमान उपकुलपति प्रा।डा। तीर्थराज खनियाँको पदावधि आगामी भदौ ७ गतेबाट सकिँदै छ । यसअघि त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा.डा. लालु पौडेललाई नियुक्त गरिएको थियो । त्रिविका उपकुलपति डा। खनियाँले आफूलाई योग्य र राम्रा व्यक्तिलाई त्रिवि हस्तान्तरण गर्ने इच्छा रहेको गोरखापत्रलाई बताए ।