काठमाडौँ – प्रभु बैंकले डोल्पा र तनहुँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले डोल्पाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा नयाँ शाखा सञ्चालन गरेको हो ।


ADVERTISEMENT


सोमबार बैंकको शे–फोकसुण्डो शाखाको उदुघाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्ग र डुम्रे शाखाको उद्घाटन बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरेका छन् ।


ADVERTISEMENT

# # #


शाखा उद्घाटनपछि दुबै अध्यक्षले प्रभु बैँकले दुर्गम र पहाडी क्षेत्रमा पनि शाखा विस्तार गरेको भन्दै खुसी व्यक्त गरेका थिए । बैँकले समुद्री सतह देखि करिब ४,२०० मिटरको उचाईमा रहेको साल्दाङ्गस्थित शे–फोकसुण्डो शाखा कार्यालयमार्फत उच्च हिमाली क्षेत्रका सर्वसाधारणहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।